इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।
विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि जहाज काठमाडौं फर्काएर १२ बजेर ८ मिनेटमा आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएकाे छ ।
विमानमा रहेका ८० यात्रु सबै सकुशल रहेको एयरलाइन्सले जनाएकाे छ ।जहाजको सुरक्षित अवतरण भएपछि प्राविधिक जाँच सुरू गरिएकाे छ ।