मुक्तिनाथ विकास बैंकले भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवादिन दराज प्रालिसँग एक कार्यक्रमका बीच बुधवार सम्झौता गरेको छ।
कम्पनीले दराजसँग नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छूट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो।उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरीद गरि अनलाइनबाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन्।
उक्तकार्यक्रममा कम्पनीकातर्फबाट प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैंकास्योरेन्स राजेन्द्र पाण्डे, प्रमुख– बजारीकरण प्रबर्द्धन नतथा संस्थागत मामिला विभागका बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा दराज प्रालिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो।
कम्पनीको भिषा डेविट कार्ड प्रयोगकर्ताहरुले नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नववर्ष - २०७९ अभियान २०७८ चैत्र २८ गतेदेखि सीमितसमयको लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशतसम्म छुट वा १ हजार रुपैयाँसम्मको छूट प्राप्त गर्न सक्नेछन्।
उक्त छूट प्राप्तगर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्दछ।