नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारेका छन् ।
केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनले जानकारी दिए ।
“अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन, अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान भयो”, उनले भने । विद्युत्को खपत बढाउन उद्योगको थप ६०० मेगावाट डिमान्ड स्वीकृति गरिएको उनले बताए।