सरकारले याक एण्ड यति होटलको इजाजत रद्द गरेको छ ।
पटक-पटक ताकेता गर्दा पनि ४२ करोड रोयल्टी नबुझाएको भन्दै बुधबार पर्यटनमन्त्री प्रेम आलेले मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे होटलको स्तर प्रमाणपत्र रद्द गर्ने निर्णय गरेका हुन् ।
क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाण पत्र रद्द गरेकाे सरकारले बैंक खाता रोक्का राख्ने निर्णयसमेत गरेकाे छ ।