Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Thursday, May 19, 2022 | बिहीबार, जेठ ५, २०७९
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
नेपाल–बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने
स्पेसखबर
स्पेसखबर काठमाडौं, २ माघ
नेपाल–बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

 

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
 
नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो । बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो । दुई पक्षबीच भएको औपचारिक छलफलमा श्रम समझदारी गरी रोजगारीका लागि नेपाली स्वास्थ्य जनशक्ति (नर्स) पठाउने समझदारी भएको छ ।
 
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरुलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको थियो ।
 
बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग, परराष्ट्र र कानुन मन्त्रालय तथा चिकित्सा शिक्षा आयोगका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेसनल हेल्थका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरु ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए ।
 
नेपालका नर्सिङ कलेजको क्षमता बढाउन बेलायत सरकारले सहयोग गर्ने र छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता पनि बेलायती पक्षबाट आएको मन्त्रालयले जनाएको छ । नेपालले रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने प्रस्ताव गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने बताइएको छ ।
 
छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा उत्तीर्ण भने गर्नुपर्नेछ । यद्यपि, उक्त अवधिमा पनि सहायक नर्सका रुपमा रोजगारी भने सुनिश्चित हुनेछ । नेपाली श्रमिक लैजाने मोडालिटीका बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेसनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ ।
 
बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्र्याउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ सङ्घका अनुसार हालसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । तीमध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको सङ्घको तथ्याङ्क छ । केही निजी अस्पतालमा कार्यरत छन् । वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत मुलुकसँग नेपालले विशिष्टीकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन् ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८, १२:४०:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
  • तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
  • मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
  • गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
  • बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
  • गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति
निर्वाचन लगत्तै निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य लिटरमा १० रुपैयाँले बढ्यो
निर्वाचन लगत्तै निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य लिटरमा १० रुपैयाँले बढ्यो
निर्वाचन सम्पन्न नभएसम्म चिनियाँ सामग्रीको आयात बन्द
निर्वाचन सम्पन्न नभएसम्म चिनियाँ सामग्रीको आयात बन्द
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
  • ताजा समाचार
  • ट्रेण्डिङ
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
काठमाडौं सडक चाेकका फोहोर केही दिनभित्र उठिसक्ने महानगरको दाबी
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सूचीकृत हुने
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
मत परिणाम सार्वजनिक हुने क्रम जारी : कांग्रेसको अग्रता, एमाले र माओवादी केन्द्र पछ्याउँदै
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
गाेकर्णेश्वरकाे मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
बुढानीलकण्ठ नगरपालिकाकाे मेयर/उपमेयरमा नेकपा एमाले विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
गोकर्णेश्वर ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
निधि -देउवा भेटघाट, प्रेमबहादुरको निधनप्रति समवेदना व्यक्त
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
भरतपुरमा रेनु दाहालले अग्रता फराकिलाे पार्दै
गोरखामा कांग्रेसको लज्जास्पद हार:  सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?   1
गोरखामा कांग्रेसको लज्जास्पद हार: सभापतिजी! कार्यकर्ता तिम्रा दास हुन्?  
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि 2
ललितपुरमा कांग्रेसका चिरिबाबु तेब्बर मतले अगाडि
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि 3
कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी दोब्बर मतले अगाडि
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता 4
जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान? 5
शीर्ष नेताहरू कसले कहाँबाट गरे मतदान?
सूचना - प्रविधि थप
नास्टले बनायो  विद्युतीय स्कुटर नास्टले बनायो विद्युतीय स्कुटर
विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले फड्को मार्दै : थापा
फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर 'मेटा' बनायो
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2022 All rights reserved. Site by: SoftNEP