साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंकभन्दा धेरैले बढेको छ।
आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंकले बढेको छ।
कारोबार रकम पनि ७ अर्ब नाघेको छ। दिनभर भएका ८२ हजार ११३ कारोबारबाट २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन्। जसअनुसार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँ पुगेको छ।