अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वित्तीय बजारमा सरकारी नीतिले अफ्ठेरो अवस्था सिर्जना भए सच्याउन तयार रहेको जानकारी दिएका छन् । महिनौँदेखि तरलता अभावका कारण बैंँकले लगानी गर्न नसकी निक्षेप सङ्कलनलाई प्राथमिकता दिइरहेका समयमा उनले सरकारका कानूनले वित्तीय बजारमा समस्या परेको हो भने त्यसको समाधान गरिने विश्वास दिलाए ।
नेपाल उद्योग बाणिज्य महासङ्द्धारा आज राजधानीमा आयोजित ‘नवउत्थान सम्मेलन’लाई सम्बोधन गर्दै उनले भने, “वित्तीय बजारमा कतै सरकारको नीतिले अफ्ठेरो पारेको छ भने सिधै भन्नुहोुस्, राष्ट्र बैंँकमा प्रतिनिधि पनि हुनुहुन्छ, यहीँ समाधान गर्ने गरी हामी निर्णय गर्न तयार छौँ ।” पोष्ट–कोभिडको बदलिँदो परिस्थितिमा तिव्र र दीगो आर्थिक वृद्धि कसरी गर्न सकिन्छ भनेर महासङ्ले आज उक्त बहस चलाएको हो ।
सम्मेलनबाट आएको निष्कर्ष कार्यान्वयनका लागि सरकारमा समेत बुझाइने महासङघले जनाएको छ । अर्थमन्त्री शर्माले विस्तारै आर्थिक क्षेत्र चलायमान हुँदै गएको स्मरण गर्दै यस क्षेत्रमा अझै ठुलो प्रभाव पर्नसक्ने अबस्थालाई समेत मध्यनजर गरी मुलुकको अर्थतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले श्रोत र श्रमसमेतलाई ध्यानमा राखेर अर्थतन्त्रलाई एउटा लयमा पु¥याउनु पर्ने बताए।
उनले आफ्नो आवश्यकता, क्षमता र सम्भव प्रतिष्पर्धात्मक क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्नेमा जोड दिए । “सबैमा प्रतिष्पर्धा गर्न सकिन्न, स्वयं आत्मनिर्भर र प्रतिष्पर्धामा जानसक्ने क्षेत्र कुनकुन हुन्, नयाँ ढङ्गबाट त्यसको अध्ययन गर्नुपर्छ, त्यसैमा केन्द्रित भएर लगानी वृद्धि गर्ने कुरा आजको आवश्यकता हो”, अर्थमन्त्री शर्माको भनाइ थियो ।