निरन्तरको वर्षाका कारण काठमाडौंबाट अन्यन्त्र हुने उडान प्रभावित बनेको छ । खराब मौसमले आधादर्जन बढी उडान रद्ध भई सकेको छ भने १५ बढी उडान डिले भएको जानकारी त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलले जनाएको छ । अहिले काठमाडौंको भिजिवलिटी भने पाँच किलोमिटरको रहेको जनाइएको छ । यहाँबाट फाट्फुट् अन्तराष्ट्रिय उडान भने भईरहेको छ ।
विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज खराव मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौंनै फर्किएको छ। काठमाडौंबाट लुक्ला जाने र लुक्लाबाट काठमाडौं आउने सबै उडान डिले भएको छ भने मनाङमा समेत कुनै उडान हुन सकेको छैन । काठमाडौंबाट जनकपुर उड्ने यती एअर उडान डिले भएको छ ।
काठमाडौंबाट भद्रपुर र काठमाडौंबाट धनगडी जाने सौर्य एअरको उडान रद्ध भएको छ भने काठमाडौंबाट फाप्लुका लागि उड्ने समिट एयरको उडान रद्द भएको छ । देशैभर खराव मौसमका कारण उडानहरु प्रभावित बनेको विमानस्थलले जनाएको छ ।