ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तोकिएको समयभित्रै गुणस्तरिय निर्माणको काम सम्पन्न गर्न व्यवसायीहरुलाई आग्रह गरेकी छन् ।
बुधबार ललितपुरमा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको १२ औ साधारणसभामा मन्त्री भुसालले भौतिक पूर्वाधारको बिकास बिभिन्न निर्माणद्वारा पूरा हुने भएकाले समय र गुणस्तरमा ध्यान दिन आग्रह गरेकी हुन् ।
उनले मुलुकको बिकासमा निर्माण व्यवसायीको भूमिका अपरिहार्य रहेको बताइन् । मन्त्री भुसालले केही नीति नियमहरु निर्माण व्यवस्यायीको हितमा नरहेको स्वीकार गर्दै आवश्यक संशोधनको प्रक्रिया सुरु भइसकेको समेत उल्लेख गरिन् ।
फरक प्रसंगमा उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई समाप्त पार्ने प्रतिगमनकारी कदमलाई पराजित गर्दै अग्रगमनको बाटोमा अघि बढ्न सफल भएको जिकिर गरिन् ।
उनले संघीय संसदमात्र नभएर प्रदेशका सभाहरुमा समेत अवरोधको प्रयास हुन थालेको भन्दै आफुहरु प्रतिगमनबिरुद्ध निरन्तर संघर्ष गर्ने धारणा राखिन । कार्यक्रममा व्यवसायीहरुले आयोजना निर्माणका क्रममा केही नीति नियमले आफूहरुलाई बाधेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।