कर्मचारीको हक र हित बिपरीत नयाँ नियमावली लागू गरेको भन्दै नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन् ।बिभिन्न चरणको आन्दोलन गरेका उनीहरुले टेलिकमको कार्यालयमा धर्नामा उत्रेका हुन् ।
२०६१ को विनियमावली परिवर्तन गरेर नयाँ जारी गर्दा खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै कर्मचारीले कार्यालय हाताभित्रै विरोध जनाएका हुन् ।
आफ्ना मागबारे व्यवस्थापन पक्षले बेवास्ता गरेपछि आफूहरु धर्नालगायत अन्य विरोध कार्यक्रम सञ्चालन गर्न बाध्य भएको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव प्रसाद पनेरुले जानकारी दिए ।टेलिकमले साउन १ गतेबाट नयाँ नियमावली लागू गरेको थियो ।