काेराेना संक्रमणका कारण बन्द गरिएकाे आन्तरिक उडान असार १७ गतेदेखि पुनः सुरु हुने भएकाे छ।सोमबार मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न निर्णय गरेको थियो ।
सिमित तथा सुरक्षित गन्तब्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय भएकाे हाे । संक्रमणको हिसाबले कम प्रभावित गन्तब्यमा मात्र उडान गर्न पाइनेछ।आन्तरिक उडानमा ९ वटा वायुसेवा कम्पनी छन् ।