पेट्रोलियम व्यवसायीले पनि कोरोनाविरुद्धका् खोप उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।बाग्मती प्रदेशका ट्यांकर चालकहरुले गरेको आन्दोलनमा सर्मथन जनाउँदै व्यवसायीहरूले पनि छिटो खोप उपलब्ध गराउन चेतावनी दिएका हुन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारी जोखिम मोल्दै काममा खटिएको हुँदा तत्काल खोपको व्यवस्था गर्न माग गरेको हो ।
खोपको लागि पटकपटक आग्रह गरिए पनि सुनुवाई नभएको भन्दै एसोसिएसनले अन्यथा वितरण प्रणालीमा असहजता उत्पन्न हुने चेतावनी समेत दिएको छे ।सरकारले सुरुमा फ्रन्टलाईनमा काम गर्नेहरुलाई खोपको व्यवस्था गरे पनि अहिले विभिन्न उमेर समूह छुट्याएर खोप लगाइँदैछ ।