सरकारले जेष्ठ नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको छ।
आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् । उनका अनुसार अब जेष्ठ नागरिकले प्रति महिना ४ हजार रुपैया पाउने छन् । यसअघि ३ हजार पाउँदै अाएका थिए ।यसको लागि सरकारले १ खर्ब छुट्याएको जनाएको छ।
सरकारले ज्येष्ठ नागरिक, एकल महिला,अति अशक्त, अपाङ्गता भएका, लोपोन्मुख आदिवासी जनजातिलाई सामाजिक सुरक्षा भत्ता दिदै आएको छ ।
काठमाडौंको गोठाटारमा अस्पतालको सुबिधासहित ५ सय क्षमताको जेष्ठ नागरिक आवास निर्माण गर्न आवश्यक रकम व्यवस्था गरेको उनले बताए । महिला बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा एक अर्ब २० करोड बिनियोजन गरिएको छ । साथै उनले सबै प्रकारका बाल श्रमको अन्त्य गरिने बताए ।