राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीन वटा अध्यादेश जारी गरेकी छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ती अध्यादेश जारी गरेकी हुन्। आज सरकारले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक आय व्यय विवरण सार्वजनिक गर्दैछ।
प्रतिनिधिसभा विघटनका कारण सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्न लागेको हो।
प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने सरोकारवालाको भनाईको बेवास्ता गर्दै सरकारले बजेट ल्याउन लागेको हो।