नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधि मण्डलले सोमवार नेपालका लागि श्रीलंकाका राजदुत हिमाली अरुणा तिलकालाई भेटी नेपाली निर्माण उद्योगको पछिल्लो अवस्था र निर्माण प्रविधिबारे जानकारी गराएको छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली निर्माण क्षेत्रका ऐन कानूनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी गरायो । श्रीलंकाबाट नेपालमा हेभिइक्यिुप्मेन्ट निर्यात भएको खण्डमा दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा समेत भेटमा छलफल भएको थियो ।
भेटमा राजदूत तिलकाले नेपाली निर्माण व्यवसायीहरूसँग मिलेर काम गर्न श्रीलंकाका निर्माण व्यवसायीहरू इच्छुक रहेको जानकारी गराउनु भएको महासंघले जनाएको छ । दुई देशबीचको निर्माण व्यवसायका विविध पक्षबारे जानकारी आदान प्रदान गर्न चाँडै वेबिनार गर्ने समेत राजदूत तिलकाले बताए ।
प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार ई. विरेन्द्रराज पाण्डे, महासचिव रोशनदाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकिय अधिकृत शुवेक्षा सिंहल गायतको सहभागिता रहेको थियो ।