नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ।
हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा २ रुपैयाँ बृद्धि गरी ७४ रुपैयाँ प्रतिलिटर पुर्याएको छ। यसअघि निगमले माघमा दुइपटक र फागुनमा पनि दुइपटक पेट्रोलियम पदार्थको मूल्य बढाइसकेकाे छ।
निगमले चैत लागेपछि पेट्रोलियम पदार्थको मूल्य बढाएको पहिलाे पटक हाे ।निगमका अनुसार मूल्य बढाउँदा पनि एक लिटर पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा र डिजलमा ५ रुपैयाँ ८० पैसा घाटा रहेको छ भने एक सिलिण्डर ग्यासमा ३ सय ९२ रुपैयाँ ८२ पैसा घाटा छ।