साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचकमा उछाल आएको छ। सेयर बजार परिसूचक नेप्से ५० अंकले बढेको छ। आइतबार ५०.२१ अंकले वृद्धि भइ २ हजार ४ सय २४ दशमलव ८४ अंकमा पुगको हो। यो दिन कुल ९ अर्ब ३७ करोडको कारोबार भएको छ।
सबै परिसूचक वृद्धि भए पनि समग्र बजारमा उच्च उछाल आउनुको कारण टेलिकमको मूल्यमा भएको बढोत्तरी नै हो।
आइतबार एकैदिन बजार पुँजीकरणमा ६८ अर्बको वृद्धि हुँदा नेपाल टेलिकमको पुँजीकरण मात्रै ८ अर्बले बढेर २ खर्ब रुपैयाँ नाघेको छ । आइतबार पोखरा फाइनान्स, ग्रामीण विकास लघुवित्त, मिथिला लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ भने अरु ११ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ। सबैभन्दा बढी मूल्य नारायणी विकास बैंकको करिब १० प्रतिशतले घटेको छ।
आइतबार कारोबार भएका १ सय ७६ कम्पनीमध्ये १ सय १९ कम्पनीको मूल्य बढेको छ।