चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट गरिएको छ। सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको हो।
ग्लोवल आइएमईका अनुसार आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्। आबेदन दिएकामध्ये १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले बाँडफाँट गरिएको हो। आबेदन दिएकामध्ये १० लाख ७१ हजार ५१३ जनाको हात खाली भएको छ।
कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको थियो।
आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको थियो भने ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको थियो ।
कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो। जुन माग भन्दा १७.५३ गुणा बढी हो।