उखु किसानकाे बक्याैता नर्तिने चिनी मिलका सञ्चालकलाइ धमाधम पक्राउ गर्न थालिएकाे छ। यसैक्रममा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई बिहीबार बिहान नियन्त्रणमा लिएको छ।अग्रवाललाई नियन्त्रणमा लिएर नवलपरासी पठाइएको छ ।
उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा श्रीराम सुगर मिल रौतहटका सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।
उखु मिल सञ्चालकले किसानका कराैडाैं बक्याैता तिर्न बाँकी रहेकाे छ । २१ दिनभित्र किसानकाे बक्याैता असुल्नेलगायतका चारबुँदे सहमतिपछि उखु किसानकाे माइतीघरकाे अान्दाेलन स्थगित भएकाे थियाे । अान्लाेलनरत उखु किसान मध्ये एक जनाकाे दुइ दिन अघि ह्दयघातका निधन भएकाे थियाे ।