झन्डै ९ महिनादेखि बन्द रात्रिकालीन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएकाे छ ।
हाेटल,रेष्टुराँ,डान्स,दाेहाेरी,क्लब,लाउन्जबार,डिस्काेथेक कुल क्षमताकाे ५० प्रतिशत मानिस मात्रै राख्न पाउने गरी सञ्चालन अनुमति दिएकाे हाे । अंग्रेजी नयाँवर्ष आउन करिब दुइ साता मात्रै बाँकी रहेकाे अवस्थामा त्यसलाइ समेत मध्यनजर गर्दै आवश्यक सर्त र बन्देजभित्र रहेर रात्रि व्यवसाय सञ्चालनका लागि सरकारले स्वीकृति दिएकाे हाे ।
व्यवसाय सञ्चालनका क्रममा सर्त उल्लङघन गरेकाे पाइए स्थानीय प्रशासनले व्यवसाय सञ्चालनमा राेक लगाउनुका साथै संक्रामक राेग एेन २०२० अनुसार सञ्चालकलाइ कैद र सजायसमेत गर्न सक्ने छ । विश्वव्यापी काेराेना माहामारीकाे असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घाेषणा गरिएकाे थियाे । त्यसयता रात्रिकालीन व्यवसाय बन्द रहेका हुन् ।