नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले वृद्धि गरेको जनाएको छ।
खुद्रा मूल्यमा १ रुपैंयाँले बढाइएसँगै काठमाडौं उपत्यका लगायतका ठाउँमा पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ पुगेको छ।डिजेल र मट्टितेलको मूल्य भने समान २ रुपैयाँले बढाउँदै प्रति लिटर ९१ रुपैयाँ कायम गरिएको छ। हवाई इन्धन तथा एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।
इण्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।