अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी, उत्पादन र रोजगारीमा केन्द्रीत भएर अर्थतन्त्रलाई अगाडि बढाइने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (सेजन) को २३ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको असर न्यूनिकरणका लागि सरकारकासाथै निजी क्षेत्र पनि सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए।
मन्त्री पौडेलले आफु निजी क्षेत्रसंगै सहकार्यका लागि आतुर रहेको बताए। उनलल् अर्थतन्त्रमा परेका असर न्यूनिकरण गरी आर्थिक पुनरुत्थानका लागि ल्याएको सरकारले कार्यक्रम प्रयाप्त नभए पनि उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी बढीभन्दा गर्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण आर्थिक क्षेत्रमा परेको असर न्युनिकरणका लागि सरकार तथा निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने धारणा राखे।