शेयर बजार परिसूचक नेप्सेले १८ सयको बिन्दु पार गरेको छ। मंगलबार सूचक २९.६८ अंकले बढेर १८१०.११ को बिन्दुमा पुगेको हो।
मंगलबार कारोबारमा आएका १९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता शेयर खरिद बिक्रिबाट ५ अर्ब ४४ करोड २९ लाख बराबरको कारोबार भएको छ। आज कारोबार भएएकामा होटेल बाहेकका सबै समुहगत सूचक बढेका छन्।
एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ३७ करोड ३३ लाख बराबरको कारोबार भएको छ भने नेपाल टेलिकमको २८ करोड ५१ लाख बराबरको कारोबार भएको छ।
मंगलबार बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, विशाल बजार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सोल्टी होटेलको शेयर मुल्य सबैभन्दा धेरै ३.२० प्रतिशतले घटेको छ।