कोरोना संक्रमणका कारण होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ।
‘हान’का अनुसार ७० वर्षीय शाक्यको उपचारका क्रममा आज (शुक्रबार) बिहान ३ बजे ओम अस्पतालमा निधन भएको हो। सोल्टिमोडस्थित अमर होटलका सञ्चालक शाक्यलाई दसैंपछि कोरोना संक्रमण पुष्टि भएको थियो।
निमोनियाँ देखिएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो। तर उपचार गर्दागर्दै उनकाे निधन भएकाे हाे।