उपत्यकाभरी शाखा बिस्तारको योजनासहित काठमाडौंको मैतिदेवीमा नेचर सुपर मार्केटको सञ्चालनमा आएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हाँस्य कलाकार दीपाश्री निरौला र जितु नेपालले सुपरमार्केटको शुभारम्भ गरेका छन्।
महानिर्देशक सुवेदीले एकै ठाउँबाट खाद्यान्न, ग्रोसरी र ग्यास उपलब्ध गराउने गरी सुपर मार्केट सञ्चालनमा आउँदा उपभोक्ताहरु लाभान्वित हुने बिश्वास व्यक्त गरे।
बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुरु गरिएको अध्यक्ष जनक धामीले जानकारी गराए। उनले उपभोक्ताहरुको चाहना अनुसार काठमाडौं उपत्यकाभर होम डेलिभरीको सुविधा उपलब्ध गराइने बताए।
नेचर सुपरमार्केटले एक बर्षभित्र काठमाडौं उपत्यकाभर शाखा विस्तार गर्ने योजना बनाएको छ। तीन दशकदेखि व्यवसायमा संलग्न व्यक्तिहरू मिलेर सुपर मार्केट संचालनमा ल्याएका हुन्।