नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ। निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ मूल्यअनसार डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको छ। निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।
इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्यअनुसार डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो।