यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दूरीको सवारी सञ्चालन गर्ने जनाएका छन्। असोज १ गतेबाट लामोदूरीको सवारी सञ्चालन गर्ने सरकारको निर्णयलाई पर नसार्न पनि उनीहरुले आग्रह गरेका छन्।
बुधबार यातायात व्यवस्था बिभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ तथा तीन मजदुर संगठनबीच भएको छलफलमा व्यवसायीहरुले जुनसुकै अवस्थामा पनि असोज १ देखि यातायात सञ्चालन गर्ने स्पष्ट पारेका हुन्।
छलफलमा आफुहरुले सामाजिक दूरी र सरकारको मापदण्ड पालना गर्दै सवारी साधान सञ्चालन गर्ने जानकारी गराएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। उनले यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण सरकारले गर्नुपर्ने बताए। लकडाउनको समयमा ग्यारेजमा सवारी साधान थन्केका कारण यस बर्ष रुट परमिट लगायत सम्पूर्ण करमा छुट दिनुपर्नेमाग गरेको उनले जानकारी दिए।
उनले विदेशबाट आएका नेपालीहरुलाई होल्डिङ सेन्टरबाट बिभिन्न प्रदेशमा पठाउदा सबै कम्पनीलाई यातायातबाट पठाउन बिभागलाई आग्रह गरिएको बताए।