नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले नेपालमा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २,२ रुपैयाँ बढाउने निर्णय गरेको हो। निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार बढेको नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ।
‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको छ। कच्चा तेलको मूल्य, डलरको बिनियम दर र आईओसीबाट प्राप्त मूल्यसूचीको आधारमा इन्धनको साबिकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने।
मूल्य समायोजनपछि पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०४, डिजेल ९० र मटितेल ९० रुपैयाँ पर्नेछ। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।