नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ ।
अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले बढेर सुनको मूल्यप्रति ताेलाकाे ९९ हजार पुगेकाे छ। चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
काेराेनाकाे कारण विश्वबजारमा सुनकाे मूल्य लगातार रूपमा बढ्दै गएकाे छ । मूल्य क्रमिक रूपमा बढदै गएपछि सुनकाे किनबेचमा प्रभाव परेकाे छ ।