नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
कोारेनाका कारण प्रभावित विश्व अर्थतन्त्रका कारण सुनको भाउ अझै केहीसमय बढ्दो अनुमान गरिएकाे छ ।
बढ्दो मूल्यले गर्दा सुन पसलमा उपभाेक्ताकाे खासै चहल पहल छैन ।