सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।उडानहरु कसरी सुचारु गर्ने भन्नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउने भएकाेछ ।
रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो ।
सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।