गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १९ औ शाखा कपिलवस्तुको तौलिहवा संचालनमा आएको छ।
फाइनान्सको प्रदेश नम्बर ५ का क्षेत्रीय प्रबन्धक बरुण पौडेल र तौलिहवा शाखाका प्रबन्धक नविनबहादुर श्रेष्ठको उपस्थितिमा शाखा शुरु गरिएको हो।
प्रदेश नम्बर ५ मा ४ वटा शाखा कार्यालयसहित यसका २१ वटा शाखा कार्यालय संचालनमा आएको विज्ञप्तीमा उल्लेख छ। प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको यस संस्थाको प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालय, प्रदेश नम्बर दुईमा ६ वटा शाखा कार्यालय, बागमती प्रदेशमा ७ वटा शाखा रहेका छन्।
चुक्तापूँजी ८० करोड रहेको यो फाइनान्सको रु.४ अर्ब ८४ करोड निक्षेप संकलन तथारु.३ अर्ब ७१ करोड कर्जा लगानीमा प्रवाह भएको छ।