विशेष अदालत काठमाडौँले पोलिमार नोट छपाइमा अनियमितता नभएको भन्दै पूर्व गभर्नर डा. तिलक रावलसहित तीन जनालाई सफाइ दिएको छ।
दश रुपैयाँको पोलिमार नोट छाप्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले दायर गरेको मुद्दामा अन्तिम सुनुवाई गर्दै विशेष अदालतले रावलसहितका तीनै जनालाई मंगलबार सफाइ दिएको हो।
अख्तियारले अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छाप्दा रावलले ९१ लाख भ्रष्टाचार अभियोगमा विशेष अदालतमा ५ पुस २०७५ मा मुद्दा दायर गरेको थियो।
अख्तियारले रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध मुद्धा दायर गरेको थियो।आयोगले उनीहरुविरुद्ध जनही ९१ लाख ९ हजा ८८९ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।
अनुसन्धानका क्रममा अष्ट्रेलियासँग पहिल्यै बोलपत्र मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता गैरकानुनी काम गरेर आर्थिक लेनदेन गरेको आयोगको दाबी थियो।