नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । लकडाउ खुकुलो भएसंगै पेट्रोलको मूल्य र डिजेल र मटितेलको मूल्य समेत बढेको हो ।
मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाएको हो ।
अब नेपलमा पेट्रोलको मूल्य प्रति लिटर रु १०२ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।