गैरआवासीय नेपालीहरुको मुल लगानीमा पोखरामा पोखरा वास इन्डस्ट्रिज प्रा.लि. ले परीक्षण उत्पादन शुरु गरेको छ।
भिन्न क्षमताका खाने पानी ट्यांकी, मोबाइल टवाइलेट लगायतका उत्पादनको परीक्षण उत्पादन शुरु गरी बजारमा प्रवेशको लागि उद्योेग अन्तिम तयारीमा छ। खानेपानी ट्यांकी, मोबाइल सौचालय र बायोग्यास उद्योग सम्बद्ध उत्पादनहरु प्रारम्भिक चरणमा उत्पादन गरी बजारमा लैजाने उद्योगको तयारी छ।
रु. ५ करोडको प्रारम्भिक लगानी रहेको उद्योगमा गैरआवासीय नेपालीहरु कुल कार्की, हिकमत थापा र एकनाथ खतिवडा लगायत डोबबहादुर कार्की र मोहनराज न्यौपानेको लगानी रहेको छ।
उद्योगका प्रमुख कार्यकारी अधिकृत सुनिल कार्कीका अनुसार उद्योगले आफ्ना उत्पादन बजारमा लान तयारी ग िरहेको अबस्थामा कोभिड महामारीको लकडाउनले अहिले स्थगन भएको र बजार खुल्ने बित्तिकै बजारमा प्रवेश गराइने छ।
विभिन्न क्षमताका खाने पानी ट्यांकी , मोबाइल सौचालय, बायोग्यासलाई चाहिने ट्यांकी र सामाग्रीहरु अहिले उत्पादन गरिने र खानेपानी, उर्जा, सफाई, स्वच्छता क्षेत्रका विभिन्न उत्पादन क्रमशः थप्दै जाने कार्कीले जानकारी दिए।
उत्पादनको प्रविधी र गुणस्तर अन्तर्रास्ट्रिय स्तरको रहेको र यसै क्षेत्रमा लामो समयसम्म बिदेशमा कार्यरत प्राबिधिज्ञहरुको संलगनता रहेको कार्कीले उल्लेख गरे।