सुनचाँदीको कारोबार आजबाट खुलेको छ ।
चैत ८बाट बन्द भएको काराेबार आजबाट खुल्ला ताेलामा १० हजार महंगिएकाे हाे । जसअनुसार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ भएकाे छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूल्य तोतामाम करिब १० हजार रुपैयाँले बढेको छ ।