चीनको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।
निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोकेको उक्त कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ । त्यहाँबाट ट्रकले केरुङ नाका हुँदै मालसामान काठमाडौं पुर्याउनेछ । यसमा ८ दिन लाग्नेछ ।
पल्लो सान्सी प्रान्तले ‘छाङआन’ कार्गो रेलपछि दक्षिण एसिया लक्षित मालवाहक रेल सञ्चालन गरेको यो पहिलोपटक हो । सिआन र अन्य क्षेत्रबीच सिधा जोड्ने कार्गो रेल सञ्चालन भइरहेका बेला सिआनदेखि काठमाडौंसम्म सुरु भएको कार्गो रेलले सिआन र दक्षिण एसियाली व्यापारिक सम्पर्क स्थापित भएको छ ।साभार कान्तिपुर