नेपाली कांग्रेसले अर्थतन्त्र केन्द्रित बिशेष समिति गठन गरेको छ ।
पूर्वअर्थमन्त्री डा रामशरण महत संयोजकत्वको समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, डा मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ,दिपकुमार उपाध्याय,भरत शाह,उदय शमशेर राणा, डा पृथ्वीराज लिगल,डा शंकर शर्मा, डा जगदीशचन्द्र पोख्रेल,डा गोविन्द पोख्रेल र डा स्वर्णिम वाग्लेसहित १४ जना रहेका छन् ।
देशको विविध क्षेत्रमा कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न गठित समितिमा विगतमा अर्थ मन्त्रालयमा मन्त्री, राज्यमन्त्री र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर काम गरिसकेका व्यक्तिहरु छन् ।
समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने जनाएको छ । बैशाख १७ मा सम्पन्न कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेका हुन् ।