कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पुन पक्राउ परेका छन्।
अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
मंगलबार परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै अग्रवाललाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश दिएको थियाे।
आदेश अनुसार २५ लाख ५० हजार धरौटी बुझाएपछि पुर्पक्षका लागि उनी थुनामुक्त हुनेछन्। सरकारी वकिल कार्यालयले कालो बजारी ऐन अन्तर्गत १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार उनीबिरुद्ध मुद्दा दर्ता गरेको थियो।
जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक अग्रवाल गत चैत २५ गते ३ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैंयामा बेचेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।
तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।
अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्।