विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चैत ११ देखि लकडाउन गरेको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन उर्दी जारी गरेको छ। प्रहरीले राजमार्ग तथा सदरमुकाममा हिँडडुल गर्नेलाई सोधपुछ र कतिपय ठाउँमा कारबाही समेत गरेको छ। तर कपिलबस्तु नगरपालिका ६ मा भने कोरोना भाइरसको कुनै प्रभाव नगरी किसानहरु खेतीपातीमा व्यस्त छन्।
अर्कोतर्फ भित्री ग्रामीण भेगका कृषकलाई चाहिँ यो लकडाउनले छोएको देखिन्न। शहरी क्षेत्रका मानिस एकाध बाहेक घरभित्रै बसिरहेका छन्। यद्यपि शहरभन्दा भित्री ग्रामीण भेगका कृषि पेशामा आश्रितको दैनिकीमा खासै परिवर्तन आएको छै । तर यहाका मनिसहरु हरेक दिन साँझ ५ बजेपछि चौक चौरहामा जम्मा हुने गरेका छन्।
ग्रामीण भेगमा खेती किसानी गर्नेहरुलाई तरकारी गोडमेल गर्ने, गाईवस्तुको हेरचाह र उनीहरुको आहाराको जोहो गर्ने कामका लागि पनि घरबाहिर ननिस्केर उपाय छैन। अझ अहिले किसानहरूलाई चैतेबाली गहुँ, तोरी, केराउ, मसुरो, लगायतका बाली काट्ने चटारो छ।
कपिलबस्तुका अधिकांश नगरपालिका र गाउँपालिका गाउँहरुमा किसानहरूले धमाधम आफ्नो खेतमा काम गर्दै कोरोना भाइरसको समेत चर्चा गरिरहेका भेटिन्छन्। कपिलबस्तु नगरपालिका–६ थुम्हवाका किसानहरु मंगलबार बिहान खेतमा काम गर्दै कोरोना भाइरसको त्रासबारे चर्चा गर्दै थिए। उनीहरूमा कोरोना भाइरसको त्रास त छ तर तराईमा अहिले चैतेबालीको चटारोले कोरोनाको भय भुलाइदिएको छ। अहिले घर भित्र्याइएन भने बाली नै नाश हुने र वर्षभरि कसरी खाने भन्ने चिन्तामा किसानहरुको छ।
कपिलबस्तु नगरपालिका वडा नं. ६ थुम्हवाका किसान जयप्रकाश चौहान खेतमा काम गर्न नगए के खाने, कसरी खाने चिन्ता व्यक्त गर्दै थिए।
त्यस्तै,कपिलबस्तु नगरपालिका वडा नं. ६ का अर्का किसान रामलाल धोवीले काम नगरी घरभित्रै थुनिएर बस्दा आफूहरूलाई वर्षभरि खान नपुग्ने उनले बता। कोरोनाको त्रास भए पनि हाम्रो काम पहिले झैं चलिरहेको धोवीले बताए ।
“शहरका मानिसलाई लकडाउनमा कसरी समय बिताउने भन्ने चिन्ता छ तर हामीलाई कहिलै काम पुग्दैन”, कपिलबस्तु नगरपालिका ६ रमापुरका शिव पुजन यादवले भने, “केटाकेटीको हेरचाह, खानपिन, घाँस काट्ने, बस्तुभाउ हेर्ने, तरकारी गोडमेल, गर्दै ठिक्क हुन्छ।
कपिलबस्तुमा जिल्लाको कुल क्षेत्रफल १ लाख ७३ हजार ८ सय हेक्टर रहेकोमा, खेतीयोग्य जमिन ८३ हजार हेक्टर रहेको छ।