नेपाल आयल निगमले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड रुपैंया जम्मा गरेको छ।
निगमको बुधबार बसेको बैठकको निर्णय अनुसार सो रकम बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गरिएको छ।
भूकम्प, बाढी पहिरो जस्ता विपतको समयमा पनि सरकारलाई सहयोग गर्दै आएको बताउँदै निगमले कोरोना महामारीको विषम परिस्थितिमो रोकथाम तथा उपचारका लागि कोषमा सहयोग गरिएको निगमले बताएको छ। त्यस्तै बिहीबार नै नविल बैंकले १५ करोड रुपैया प्रदान गरेको छ भने नेपाल दुरसञ्चार प्राधिकरणले १५ करोड नै जम्मा गरेको छ।
त्यस्त,ै नागरिक लगानी कोषले दुई करोड, राष्ट्रिय बाणिज्य बैंकले १ करोड ५० लाख प्रदान गरको छ भने प्रभु बैंक, एनएमबी, इन्भेष्टमेन्ट बैंक लगायतले पनि कोषमा रकम हस्तान्तरण गरेका छन्।