नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकै पटक १०,१० रुपैयाँका दरले घटाएको छ।
निगमको संचालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै निगमले मूल्य घटाएको हो।
अहिलेको निगमले स्वचालित मूल्य निर्धारण प्रणाली समेत निलम्बन गरेर नयाँ मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मिनितमणि उपाध्यायले जानकारी दिए। नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ।
एलपी ग्याँसको हालको मूल्य भने यथावत छ। घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने छ।