वीरगंज महानगरपालिका १ छप्कैयाबाट कालोबजारी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
कालोबजारी गरेको अभियोगमा ५० वर्षीय जगनारायण पटेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
लकडाउनको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि खटिएको प्रहरीले बजार मूल्य भन्दा दोब्बर, तेवर मूल्यमा आलु र प्याज कालोबजारी गरी बेचिरहेको अवस्थामा फेला पारी पटेलले पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।