नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रु एक करोड सहयाेग गर्ने निर्णय भएको छ ।साे रकम नेपाल सरकार अन्र्तगतको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
यसैबीच कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लक डाउन गर्ने नेपाल सरकारको निर्णयको महासंघले स्वागत गरेको छ ।
महासचिव रोशन दाहालद्धारा मंगलवार जारी विज्ञप्तिमा सरकारी निर्णयमा सहयोग गर्न सरोकारवाला सबै समक्ष आग्रह गरिएको छ । साथै लक डाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई आ—आफ्नो निर्माण कार्यहरु बन्द गर्न हुन र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एशोसिएट सदस्यहरुले आ–आफ्नो सचिवालयहरु सरकारको निर्देशन अनुसार बन्द गर्न–गराई सहयोग गर्न महासंघले अनुरोध गरेको छ ।
अहिलेको असहज अवस्थमा समेत अति आवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीहरुलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघले अनुरोध गरेको छ ।