नेपाली बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८० हजार पाँच सय र तेजाबी सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको छ ।
कोरोनाको असर विश्व अर्थचन्त्रमा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमानी मूल्य कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य आकासिए पछि बजारमा सुन किन्ने ग्राहकको चहल पहल सून्य भएको छ।