सेयर बजारमा एकै दिन ४ अर्बभन्दा माथिको कारोबार भएपछि शेयर बजारले रेकर्ड ब्रेक गरेको छ।
बुधबार दिनभर उतारचढावका बीच सेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ।
कारोबार रकममा मात्रै कारोबार संख्यामा समेत नेप्सेले रेकर्ड ब्रेक गरेको छ । दिनभर भएका ३२ हजार १ सय ५४ कारोबारबाट ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन् । बुधबार ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्टिय सभामा मनोनित सिटमा अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा बामदेव गौतमलाई ल्याउने निर्णय गरेसंगै खतिवडा बाहिरिने भएपछि शेयर बजारमा उछाल आएको हो।