साताको पहिलो दिन आइतबार बजार खुला भएसँगै बढ्न थालेको शेयर बजार बन्द हुँदा ६९ अंकले माथि उक्लिएको छ।
नेप्से परिसूचक वृद्धिमात्रै होइन आइतबार शेयर बजारले नयाँ कीर्तिमान राखेको छ। कारोबार रकम, कारोबार संख्या र किनबेच भएको सेयरको संख्यामा नेपालको पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कामय भएको छ। उता नेप्से परिसूचकमा पनिमा पनि बजारले आफ्नै रेकर्ड तोडेको छ।
१८८१ को बिन्दमा पुगेर ओरालो लाग्ने क्रम शुरु भएको नेपाली सेयर बजार लामो समय १ हजार १ सयकै आसपासमा घुमिरह्यो ।
आइतबारको कारोबारपछि नेप्से परिसूचक २ वर्ष अघिको अवस्थामा पुगेको छ। २०७४ चैतमा एक हजार ५ सय माथि पुगेको नेप्से परिसूचक त्यसयता तलको तल नै रह्यो । नेप्से परिसूचक ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो।
कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको मात्रै रु १२ करोड ५६ लाख २१ हजार ७६६ बराबरको सेयर कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड ८२ लाख ६४ हजार २०६, शिखर इन्स्योरेन्स रु १० करोड ३७ लाख ४१ हजार २८१, हिमालयन डिस्टिलरी रु १० करोड ३४ लाख छ हजार १३८, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु नौ करोड ८२ लाख एक हजार ७६८, नागरिक लगानी कोष रु नौ करोड ७० लाख २८ हजार २०१ र प्रभु बैंकको रु नौ करोड ४६ लाख ३० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
आइतबार दिनभर भएको कारोबारबाट ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएका छन् । यो नेपाली पुँजी बजारको इतिहासमानै सबैभन्दा धेरै हो। यसअघि ३ अर्ब रुपैयाँ भन्दा कमको रेकर्ड रहेकोमा आइतबार तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर कारोबार भएर नयाँ किर्तिमान कायम भएको नेप्सेले बताएको छ।