चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिएन थालेको छ ।
औषधि उत्पादन हुने कच्चा पदार्थ, लुसन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको छ । कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको मूल्य बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो दुई महिनामा मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो ।नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्र्दै आएका छन् ।
विश्व अर्थतन्त्रमा आएको उतारचढाव, राजनीतिक अस्थिरता र पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसले सुनको मूल्य अत्यधिक प्रभाव परेको छ ।