नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको छ। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको मूल्यले यहाँको बजार प्रभावित भए पनि कारोबार आधाभन्दा बढीले घटेको छ।