नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ। बुधबार छापावाला सुनको मूल्यले ७७ हजार १ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।बुधबार ४ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ७६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेकाे छ।नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।